दफा ३९४
बहालमा लिएको घरको मर्मत तथा सम्भार

(१) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरको आवश्यक मर्मत सम्भार गर्नेदायित्वबहालमा लिने व्यक्तिको हुनेछ ।
(२) सम्झौतामा बहालमा लिएको घरको मर्मत सम्भार घरधनीले गर्ने कुरा उल्लेख भएमा र बहालमालिएकोकुनै घरको मर्मत सम्भार गर्नु पर्ने भएमा बहालमा लिने व्यक्तिले समयमानै घरधनीलाई लिखितसूचनागर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सूचना गर्दा पनि घरधनीले बहालमा दिएको घरको मर्मत सम्भार नगरेमाबहालमाबसेको व्यक्तिले त्यस्तो घरको आफैँले मर्मत सम्भार गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम घरको मर्मत सम्भार गर्दा लागेको बिल बमोजिमको रकम बहालमा बस्नेव्यक्तिलेघर धनीलाई दिनु पर्ने बहाल रकमबाट कटाई लिन पाउनेछ ।
(५) उपदफा (३) बमोजिम घरको मर्मत, सम्भार गर्दा घरधनी र बहालमा बस्ने व्यक्ति बीच त्यससम्बन्धमाछुट्टै सहमति भएकोमा बाहेक मर्मत सम्भार गर्नु अघि बहालमा लिने व्यक्तिले मर्मत, सम्भारकोलागतअनुमान तयार गरी घरधनीलाई पन्ध्र दिन अघि नै लिखित जानकारी गराउनु पर्नेछ ।